रोमानियामा विवेकसँग यति रोमान्टिक आँचल(फोटो फिचरसहित)

१२ साउन २०७९ ५:१२

नायिका आँचल शर्मा विगत केही हप्तादेखि रोमानियामा छिन् । रोमानियामा चलचित्र ‘वर एण्ड वधु’को छायांकनका लागि रहेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छिन् । टेलिभिजनमा चलचित्रको छायांकनको रिपोर्ट प्रशारण गरिएको थियो ।

यसैविच, चलचित्रको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए ।

रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे । सुदिप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । तर, निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरले चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *