तेलुगु फिल्ममा संकटः स्टार कमाउने, निर्माता गुमाउने

११ साउन २०७९ १३:३०

झट्ट हेर्दा तेलुगु चलचित्र बजारले अरबौको व्यापार गरेको देखिन्छ । तर, भित्री कुरा अर्कै छ । ‘आरआरआर र पुष्पा’ चलेकै आधारमा तेलुगु चलचित्र उद्योग चम्किएको छ भन्न सकिदैन ।

कोरोना महामारीपछि चलचित्र बनाउने खर्च र कर बढेको तर निर्माताले कमाउन नसकेको भन्दै निर्माताहरुले चलचित्रको छायांकन नै रोक्ने निर्णय गरेका छन् । अगष्ट १ गतेदेखि तेलुगु चलचित्र उद्योगका निर्माताले सबै चलचित्रको छायांकन रोक्ने निर्णय गरेका हुन् ।

चलचित्र निर्माण गर्दा खर्च नै धान्न नसकेको भन्दै उनीहरुले यो बिषयमा बसेर छलफल गर्नुपर्ने बताएका हुन् । तेलुगु चलचित्रको निर्माता संघले एक विज्ञप्ती जारी गर्दै समस्या समाधान नभएसम्म चलचित्रको छायांकन रोक्ने बताएको हो । उनीहरुले, चलचित्रको सिस्टम बलियो बनाउने जिम्मेवारी आफूहरुको नै हो भन्दै छायांकन नगर्ने भएका हुन् ।

यस्तै, उनीहरुले हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटीटीमा चलचित्र रिलिज गर्ने निर्णय पनि गरेका छन् । कोरोना महामारीपछि चलचित्रको कर र टिकटदर बढेको जसले गर्दा चलचित्र हेर्न आउने दर्शकको संख्यामा भारी गिरावट आएको भन्दै उनीहरुले यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

तेलुगु चलचित्र नगरीमा स्टारहरुले महंगो पारिश्रमिक लिने भएको हुँदा पनि निर्माताको गोजीमा कम मात्र रकम आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *