बोर्ड अध्यक्ष भएपछि भुवनलाई अनमोलको मन छुने शुभकामना

११ साउन २०७९ ८:२१

नायक भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष भएसँगै उनलाई आम चलचित्रकर्मी, दर्शक र मिडियाकर्मीले शुभकामना दिइरहेका छन् । तर, भुवनका लागि उनका छोरा नायक अनमोल केसीको शुभकामना भने विशेष रह्यो ।

अनमोलले भुवनलाई शुभकामना दिदै लेखेका छन्–‘बाटो हिड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छ । म तपाई लगायत तपाइका समकालिन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म पुगेको छु । आजबाट तपाइको भूमिका झन् गहन बनेको छ । नेपाली चलचित्रको श्री बृद्धिमा तपाईको थप योगदान रहने कुरामा म ढुक्क छु, यो गौरवाशाली अवसर प्राप्त गर्नुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

भुवनले आफ्नो बालापनको फोटो पोष्ट गर्दै भुवनलाई मन छुने शुभकामना दिएका हुन् । उनले, भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा रहेर नेपाली चलचित्र क्षेत्रको विकासमा अझै योगदान गर्ने अपेक्षा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *