पुजा गर्दै विकास बोर्डमा भुवनको पदभार ग्रहण(भिडियोसहित)

११ साउन २०७९ ८:१३

चलचित्र विकास बोर्डका नव–नियुक्त अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डमा पदभार ग्रहण गरेका छन् । आज बिहान १० बजे बोर्ड पुगेर केसीले पदभार ग्रहण गर्दै काम सुरु गरेका हुन् । उनलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बोर्डमा पदभार ग्रहण गर्नु अगाडि भुवनले बोर्ड प्राङ्गणमा पुजा गरेका थिए । पुजा गरिएकोबारे भुवनले भने–‘चलचित्र विकास बोर्ड भनेको हामी चलचित्रकर्मीका लागि मन्दीर हो । मन्दीरमा प्रवेश अगाडि पुजा गरेको हुँ ।’

भुवनले विकास बोर्डमा आफूलाई नियुक्त गरेर सरकारले कला र चलचित्र क्षेत्रको सम्मान गरेको बताए । उनले भने–‘आम चलचित्रकर्मीबाट मबाट ठूलो आशा र अपेक्षा छ । मैले, चलचित्र क्षेत्रका अधिकांश कुराहरु ४ दशकदेखि वुझेको छु । यसैले, सबैलाई समेटेर काम गर्छु ।’

नायक केसीले चलचित्र क्षेत्रका लागि काम गर्दा आफू ‘शहिद’ भएपनि फरक नपर्ने तर्क गरे । उनले, केही दिनमा नै चलचित्रकर्मी र दर्शकलाई राखेर वृहत्त गोलमेच सम्मेलन गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *