‘प्रेमगञ्ज’ ट्रेलरः बेनिशाको प्रेम पाउन तड्पिएका तेज

१० साउन २०७९ ९:४७

भदौ ३ गते ३ वटा चलचित्र रिलिज हुँदैछन् । जसमध्ये एउटा चलचित्र हो, ‘प्रेमगञ्ज’ । माया–प्रेम, विछोड र पर्खाइको कथामा बनेको यो चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ । ओएसआर डीजिटलको युट्युब च्यानलबाट सार्वजनिक ट्रेलरमा नायिका बेनिशा हमाल र कलाकार तेज गिरीको प्रेम र विछोड देखाइएको छ । तेजलाई पर्खिदा पर्खिदै जीवनमा हरेश खाएर आइटम डान्सर बन्न पुगेकी बेनिशाको कथाले मन छुन्छ ।

चलचित्रमा सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारको अभिनय छ । परिच्छेद सेनको कथा, पटकथा र निर्देशनमा तयार भएको यो चलचित्रले २ पुस्ताका यूवा–यूवतीको कथा भन्छ ।

संजय लामाको छायांकन रहेको चलचित्रमा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेको लगानी छ । चलचित्रमा प्रकाश झा, अन्जना श्रेष्ठ, भवन बस्नेत, शेखर पोख्रेल, भरत काफ्ले, राजेश ढकाल, मित्रलाल ढकाल, उमानाथ वीके, विकल्प भट्टराई र ध्रुवराज घिमिरे सह–निर्माताको रुपमा छन् ।

अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा किरण भुषाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज प्याकुरेलको संगीत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *