खगेन्द्रको तर्क–‘फिल्मले दुःखको कारण बताउन सक्नुपर्छ’(भिडियो)

१० साउन २०७९ ९:२६

साउनको १३ गते अर्थात शुक्रबारदेखि चलचित्र ‘पानी फोटो’ रिलिज हुँदैछ । यो चलचित्रलाई खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा उनको साथमा अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायतका कलाकारको अभिनय छ ।

निरन्तर निराशावादी जीवन बाँचिरहेका दर्शकलाई फेरि दुःखको कथा देखाउन किन आवश्यक भयो त ? हाम्रो सिनेमाको प्रश्नमा खगेन्द्रले भने–‘चलचित्रले आम जनतालाई दुःखको कथा देखाएको होइन, दुःख कसरी पाइरहेका छौं भनेर जानकारी दिन खोजेको छ । हामीले दुःख त पाइरहेका छौं, तर यसको कारण के हो भन्ने आजसम्म थाहा पाएका छैनौं । यो चलचित्रले सोही कारण भन्नेछ ।’

खगेन्द्रले आफूले सधै नै फरक कथा भन्न खोज्ने भन्दै यसपटक जनयुद्धपछि खाटो रहेको एउटा घाउको कथा भन्न खोजेको बताए ।

खगेन्द्रले चलचित्र निर्माण गर्दै व्यापार कती गर्छ भनेर कहिले पनि नबनाउने बताए । आफूलाई भन्न मन लागेको कथा दर्शकमाझ ल्याएको भन्दै उनले यो चलचित्र आम दर्शकले हेर्नेमा आफू आशावादी रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *