के सरकारले विकास बोर्ड अध्यक्षमा भूवन केसीलाई नियुक्त गरेको हो ?

९ साउन २०७९ १३:५५

चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भूवन केसीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रीपरिषद्को बैठकले भूवनलाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । निवर्तमान अध्यक्ष दयाराम दाहालको २ बर्षे कार्यकाल सकिएपछि विकास बोर्डको अध्यक्ष पद रिक्त थियो ।

विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका थिए । जसमा, नायक भूवन केसीलाई बोर्ड अध्यक्ष बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको श्रोतले बतायो । तर, नायक भूवन केसीले भने यो बिषयमा भोली मात्र आफूले जानकारी दिने बताए । उनले भने–‘मैले पनि सकारात्मक कुरा सुनेको छु । तर, अहिले नै केही भन्न सक्दिनँ । तपाइलाई भोली जानकराी दिन्छु ।’ तर, भूवन केसी निकट श्रोतले भने उनी विकास बोर्ड अध्यक्षमा नियुक्त भैसकेका छन् । उनले केही दिनमा नियुक्ती पत्र वुझ्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *