३ दिनमा ३१ करोडमा खुम्चियो ‘शम्शेरा’

९ साउन २०७९ १०:२०

करण मल्होत्राको निर्देशनमा तयार भएको बलिउड चलचित्र ‘शम्शेरा’ले विकेन्डमा कमजोर कलेक्शन गरेको छ । रणवीर कपुर, बाणी कपुर र संजय दत्तको मुख्य भूमिका रहेको यो चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गरिएको थियो ।

तर, यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले ३ दिनमा जम्मा ३१.७५ करोडको कमाई गरेको छ । आइतबार बिदाको दिनमा पनि चलचित्रको व्यापारमा खासै वृद्धि भएन । शुक्रबार १०.२५, शनिबार १०.५० करोडको व्यापार गरेको चलचित्रले आइतबार ११ करोडको मात्र व्यापार गर्यो । ३ दिनमा ३१ करोडको व्यापार गरेको चलचित्र ५० करोडकै हारहारीमा व्यापार गर्दै असफल हुने बाटोमा देखिएको छ ।

बलिउडमा निरन्तर चलचित्र असफल भैरहेको समयमा ४ बर्षपछि पर्दामा फर्किएका रणवीरको यो चलचित्रले बम्पर कमाई गर्दै बलिउडलाई चलमलाउने अपेक्षा गरिएको थियो । तर, ऐतिहासिक कथामा बनेको चलचित्रको व्यापारले धेरै बलिउडकर्मीलाई सोच्न वाध्य बनाइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *