‘डेसान’को फस्टलुकमा रोमान्टिक पूनम र निशान, गम्भिर नम्रता

९ साउन २०७९ १०:०८

चलचित्र ‘डेसान’को फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ । कलम एक्चै मगरको निर्देशनमा तयार भएको चलचित्रलाई मंसिरको २३ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रले कोरोना महामारीको कथालाई प्रस्तुत गरेको छ । सार्वजनिक २ पोष्टरमध्ये एउटा पोष्टरमा मुख्य कलाकारद्धय पूनम थापा र निशान चौहानलाई देखाइएको छ । यस्तै, अर्को पोष्टरमा यी दुई कलाकारको साथमा नायिका नम्रता सापकोटा र भोला सापकोटालाई अटाइएको छ ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्मित यो चलचित्रमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर महर्जनले खिचेको चलचित्रको कथा राजु थापाले लेखेका हुन् । चलचित्रमा हरि लम्सालको संगीत, मिलन श्रेष्ठको सम्पादन छ ।

कोरोना महामारीको त्रासादीमा छायांकन गरिएको चलचित्रले मनोरञ्जनका साथै उपयोगी सन्देश पनि दिने दाबी निर्माणपक्षको छ । राज थापा काउचाको कथा रहेको चलचित्रको कार्यकारी निर्माता कृशाला मगर हुन् । चलचित्रलाई नेपाल भन्दा पहिले विदेशमा रिलिज गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *