पुष्प र श्रद्धाजी, प्रेम स्विकार्दा के भयो र ?

९ साउन २०७९ ८:३७

हुनत, चलचित्र चल्ने बेलामा नायक र नायिकाको प्रेम चर्चा चलाएर निर्माणपक्ष चलचित्रको चर्चा गराउन चाहन्छ । कलाकार पनि कृत्रिम प्रेमको हल्ला फैलाएर चलचित्रको हाइप बनाउन चाहन्छन् ।

नायक पुष्प खड्काको करिअरमा भने पहिलो पटक यस्तो भएको छ । पुष्पले अभिनय गरेको चलचित्र ‘कृष्णलीला’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा पुष्पको जोडीको रुपमा नायिका श्रद्धा क्षेत्रीले काम गरेकी छिन् ।

तर, चलचित्र रिलिजको दिन नजिक आउँदै गर्दा पुष्प र श्रद्धाको प्रेम चर्चा पनि सुरु भएको छ । पुष्प र श्रद्धाले सार्वजनिक रुपमा प्रेम स्विकार गरेका छैनन् । तर, दुबैको गतिविधी प्रेममा रहेको जोडीको भन्दा कम लाग्दैन ।

उनीहरुले, सार्वजनिक रुपमा नै एक अर्कासँग नजिक भएको स्विकार गरिसकेका छन् । तर, प्रेम स्विकार गर्न भने उनीहरुलाई सकस छ । पुष्प र श्रद्धाजी, प्रेम नै हो भने डराउनु किन ? प्रेम स्विकार्दा के हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *