‘छक्का पन्जा ४’मा नभएपनि दीपक–दीपालाई शुभकामना दिन पुगे जितु(भिडियो)

९ साउन २०७९ ८:२९

संभवत, कलाकार जितु नेपालका लागि सोमबारको बिहान उत्साहपूर्ण हुन सकेन । कारण, लगातार काम गर्दै आएको टिमले नयाँ चलचित्रको घोषणा गर्दै गर्दा जितु उक्त टिमबाट टाढा थिए । दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेले मिलेर हिट चलचित्र ‘छक्का पन्जा’को चौथो सिरिजको घोषणा गर्दै गर्दा जितु नेपाल यो टिममा अटाएका थिएनन् ।

तर, भक्तपुरको सूर्यविनायक मन्दीरमा चलचित्रको पूजा गर्दै गर्दा जितु नेपाल हातमा फूलको बुके बोकेर पुगे । उनले, केदार घिमिरेलाई बुके दिदै चलचित्रको लागि शुभकामना दिए ।

‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्री निरौलासँग लफडा भएपछि जितु यो टिमबाट बाहिरिएका थिए ।

तर, मिडियासँग कुराकानी गर्ने क्रममा चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले सबैका लागि जितु नेपाल र आफूहरुको सम्बन्ध एउटा सन्देश भएको बताए । उनले भने–‘कलाकार राष्ट्रको गहना भन्ने अनी मनमुटावको सन्देश दिएर हुन्छ । हामीले एकसाथ काम नगरेपनि व्यक्तिगत रुपमा हामीविचमा केही पनि छैन । हरेक चलचित्रमा सबैजना हुनुपर्छ भन्ने नै छैन । यसैले, यसपटक हामी चलचित्रमा एकसाथ नभएपनि हामीविचमा कुनै पनि खालको मनमुटाव छैन ।’

जितुले पनि आफूलाई यो चलचित्रमा काम नगरेपनि दुःख नलागेको र सबै चलचित्रमा आफू हुनैपर्छ भन्ने नरहेको तर्क गरे । उनले भने–‘मेरो स्वभाव दीपक र केदारजीको भन्दा फरक छ । किनकी, म सबैसँग मिलेर काम गर्न चाहन्छु । म स्वतन्त्र छु । चित्तवुझ्दो पैसा र कथा आएको खण्डमा जोसँग पनि काम गर्न सक्छु ।’

जितु आफैले पनि चलचित्र निर्माणको कामलाई अगाडि बढाएका छन् । जसलाई दिनेश डीसीले निर्देशन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *