‘पठान’मा एक्सन लेडी दीपिका

९ साउन २०७९ ८:१८

यशराज ब्यानरले निर्माण गरेको चलचित्र ‘पठान’को प्रचार आरम्भ भैसकेको छ । आउँदो बर्षको जनवरी २३ तारिखमा रिलिज हुने भएपनि चलचित्रको प्रचारको सुरुवात निर्माणपक्षले केही समय अगाडिदेखि नै गरेको हो ।

यसैविच, यो चलचित्रको निर्माणपक्षले नायिका दीपिका पादुकोणको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक फस्टलुकमा दीपिका हातमा बन्दुक बोकेर उभिएकी छिन् । चलचित्रमा उनी एक्सन लेडीको अवतारमा छिन् ।

चलचित्रमा नायक साहरुख खान शिर्ष भूमिकामा छन् । जोन अव्राहिमलाई भने चलचित्रमा खलनायकको भूमिकामा देखाइएको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेको हो । चलचित्रलाई हिन्दी, तामिल र तेलुगु भाषामा रिलिज गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *