अन्ततः दीपक–दीपाले सुरु गरे ‘छक्का पन्जा ४’को छायांकन

९ साउन २०७९ ७:५०

कलाकार दीपकराज गिरी र उनको टिमले कुन चलचित्र बनाउँछ भन्ने उत्सुकता आम मानिसमा थियो । लामो समयदेखि उनीहरुले विभिन्न नाममा चलचित्र बनाउन लागेको चर्चा चलेको थियो । तर, दीपकराज गिरी र उनको टिमले यही चलचित्र नै बनाउँछन् भनेर पक्का भएको थिएन ।

सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा दीपकराज उनको टिमले सबैलाई सरप्राइज दिदै ‘छक्का पन्जा ४’को घोषणा गरे । मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी दिइयो ।

यसपटक यो हिट ब्रान्डको चौथो सिरिजलाई हेमराज वीसीले निर्देशन गर्दैछन् । हेमराजले हिट ब्रान्डलाई सफल बनाउनु चुनौतीपूर्ण काम भएपनि आफूले राम्रो चलचित्र बनाउने गरि काम गर्ने बताए ।

यो चलचित्रका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, रवि डंगोल, रमेश वुढाथोकी, सुभाष गजुरेल, राज आचार्य, परिक्षा लिम्बु लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । यसपटक चलचित्रले शहरको कथा प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *