छवि ओझा बनाउँदैछन् ‘जेल ब्रेकर’

९ साउन २०७९ २:२३

निर्माता छविराज ओझाले ‘मङ्गलम’ पछि नयाँ चलचित्र बनाएका छैनन् । छविराज ओझा नेपाली चलचित्रको बाघ निर्माता मानिन्थे । तर, छविले चलचित्र बनाउन छाड्दा अन्य ब्यानरका निर्माताले उनलाई उछिन्न थालिसकेका छन् ।

विशेषगरि, नायिका शिल्पा पोखरेलसँगको मुद्दाका कारण छवि केही बर्षदेखि फिल्म लाइनबाट टाढै बसेका थिए । तर, छविले अब चलचित्रको कामलाई अगाडि बढाइरहेका छन् ।

उनले, आफ्ना प्रिय निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर ‘जेल ब्रेकर’ नामक चलचित्र बनाउन लागेको वुझिएको छ । हाम्रो सिनेमासँगको कुराकानीमा  छविले यो खबरलाई पुष्टी गरे । उनले, एक्सन जनराको ‘जेल ब्रेकर’ बनाउन लागेको पुष्टी गरेका हुन् । चलचित्रको बिषयमा अहिले कुनै पनि नयाँ जानकारी दिइएको छैन ।

छविले ‘किस्मत ३’ बनाउन लागेको समेत चर्चा छ । तर, उनले यो चलचित्र बनाउन लागेको बिषयमा भने केही पनि बोल्न चाहेनन् । छविले अब आफूले निरन्तर चलचित्र बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *