नेपालसँगै युरोपका ४४ देशमा एकसाथ रिलिज हुँदै ‘प्रेमगन्ज’

९ साउन २०७९ २:१३

भदौको ३ गतेबाट नेपालमा रिलिज हुन लागेको चलचित्र ‘प्रेमगन्ज’ युरोपका ४४ देशमा पनि एकसाथ रिलिज हुने भएको छ । युरोपका हलहरुमा यो चलचित्र नेपालमा रिलिज भएकै दिनमा रिलिज हुने निर्माणपक्षले बताएको छ । यसअगाडि यूरोपका देशहरुमा नेपाली चलचित्र रेष्टुरेन्ट, सभा हलमा नेपालीहरुले टिकट वेचेर देखाउँदै आएका थिए । तर, अन्तरराष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको पहिलो पटक हो ।

जर्मनीको लोकाह फिल्म इन्टरटेन्मेन्टले युरोपभर प्रदर्शनको जिम्मा लिएको हो । चलचित्रका निर्देशक परिच्छेद सेनले भने–‘अहिले हामीले पैसा भन्दा पनि बाटो खोजिरहेका छौं । जसलेगर्दा, भोलीका लागि नेपाली चलचित्रको बाटो खुल्नेछ भन्ने आशा छ ।’

यो चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पवन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइली लगायतका कलाकारको अभिनय छ । राजु फुयाँलको प्रस्तुतिमा तयार भएको चलचित्रमा संजय लामाको छायांकन छ । चलचित्र चौतारीको ब्यानरमा यो चलचित्र बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *