‘म’को प्रचारमा नयाँ प्रयोग, चक्रपथमा बाइक र्याली

८ साउन २०७९ १०:२९

दर्शकलाई चलचित्रको बारेमा राम्रोसँग जानकारी दिन नसक्ने हो भने, चलचित्रले पानी पनि भन्न नसक्ने अवस्था छ । निरन्तर चलचित्र असफल हुँदा निर्माताले आफ्नो प्रोजेक्ट ब्रान्डिङका लागि नयाँ नयाँ उपाय अपनाउन थालेका छन् ।

यसैविच, साउनको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म’को टिमले ट्रेलर सार्वजनिक गरेपछि प्रचारका लागि नयाँ नयाँ शैली अपनाइरहेको छ । यसैविच, आज चलचित्रको टिमले काठमाडौंको चक्रपथमा मोटरसाइकल र्याली गरेको छ । रिङ रोडमा एक राउन्ड लगाउने क्रममा उनीहरुले दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका थिए ।

यो अभियानले चलचित्रप्रति दर्शकको उत्सुकता बढेको चलचित्रको टिमको भनाई छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, संजोग रसाइली र पूनम श्रेष्ठको मुख्य भूमिका छ । सस्पेन्स थ्रीलर कथामा निर्माण भएको चलचित्रले फरक स्वाद दिने निर्माणपक्षको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *