‘प्रकाश’ले भविष्य बताउँछः प्रदीप खड्का

८ साउन २०७९ १०:१९

चलचित्र ‘प्रकाश’को प्रचारका लागि बुटवल पुगेका नायक प्रदीप खड्काले यो चलचित्रले भविष्य बताउने उल्लेख गरेका छन् । भदौको १० गतेबाट रिलिज हुन लागेको चलचित्रको प्रचारका क्रममा प्रदीपले भने–‘देशमा दशौं बर्ष शशस्त्र जनयुद्ध भएको र त्यसको बलमा व्यवस्था नै परिवर्तन भएपनि उक्त व्यवस्थाका केही कमजोरीहरुले गर्दा अर्को बिद्रोह ल्याउन सक्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ ।

यसैले, व्यवस्थाको सम्मान गर्दै यसका कमीकमजोरीहरु सुधार गर्न आवश्यक छ ।’ उनले चलचित्र पनि साहित्य नै भएको भन्दै साहित्यले भविष्यको अनुमान लगाउन सक्नु र आफू त्यसमा हिस्सा हुन पाउनु खुशीको कुरा भएको बताए ।

उनले, चलचित्रले सामाजिक कथावस्तु उठान गरेपनि यो व्यवसायिक नै भएको बताए । कलाकार दीया मास्केले आफ्ना लागि चलचित्रको पात्र निक्कै चुनौतीपूर्ण रहेको बताइन् । उनले, चलचित्रको यूनिट जानु अगाडि नै आफू जुम्ला पुगेर त्यहाँको भाषा र रहनसहन सिकेको बताइन् ।

चलचित्रकी अर्की कलाकार रेणु योगीले आफ्ना लागि यो चलचित्र महत्वपूर्ण र विशेष भएको बताइन् । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा र तारा प्रकाश लिम्बुको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *