रानी, सुनिता र दीपकको तीज गीतमा खर्च नमाग्ने भन्दै नाँचिन् विना

८ साउन २०७९ १०:००

हिजोआज तीजको गीतमा महिलाहरुले दुःख भन्न छाडेका छन् । बरु, तीज गीतमा महिलाहरुले आफ्नै खुट्टामा उभिएको, श्रीमान्सँग खर्च नमाग्ने, सबै जना मिलेर अगाडि बढ्नुपर्ने जस्ता सन्देशहरु दिन थालेका छन् । यस्तै, सन्देश बोेकेको तीज गीतका साथमा गायिका रानी शाक्य दर्शकमाझ आएकी छिन् ।

सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्य गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दीनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *