सरोज र शिशिर अभिनित ‘बुबाः एक कथा’को भिडियो सार्वजनिक

८ साउन २०७९ ९:१५

कलाकार सरोज खनाल र शिशिर भण्डारी अभिनित ‘बुवाः एक कथा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार चलचित्र विकास बोर्डमा आयोजित ‘नारायण बल्लभ फाउन्डेशन’को घोषणा समारोहमा गीत पनि रिलिज गरिएको हो । यो गीतमा फाउन्डेशनका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको गीत, संगीत र स्वर छ ।

सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोमा सरोज र शिशिरका साथमा एलिस खनाल, गीता थापा, दियान गौतम, रोमन दंगालको अभिनय छ । नारायण बल्लभ प्रतिष्ठानले निर्माण गरेको भिडियोलाई गायक नरेन्द्रका पिताको निधन भएको एक बर्षपछि उनकै संझनामा तयार पारिएको हो । कलाकार सरोज खनालले स्वर्गीय पन्तको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताए ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले सुरु भएको फाउन्डेशन उद्घाटन समारोहमा आर्थिक समस्याको कारण स्नातक तहको अध्ययनमा समस्या झेलिरहेकी सम्पन्नता विन्दुकारलाई ५१ हजार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *