रणवीर सिंहको न्यूड फोटोसुटले सामाजिक संजालमा हंगामा

६ साउन २०७९ १५:३०

बलिउड नायक रणवीर कपुर पहिरनको मामालामा सधै नै चर्चामा रहन्छन् । आम पुरुषहरुले लगाउने भन्दा भिन्न पहिरन लगाउने उनी सधै नै चर्चा र ट्रोलर्सको निशानामा आउँछन् ।

उनै, रणवीर सिंह सामाजिक संजालमा केही दिनयता न्यूड फोटोसुटका कारण चर्चामा छन् । उनले, पेपर म्यागेजिनका लागि गराएको न्यूड फोटोसुटले सामाजिक संजालमा हंगामा नै मच्चाएको छ । उनले, आफूलाई यस्तो फोटोसुट गर्नका लागि कुनै अप्ठ्यारो नलाग्ने र हजारौ मानिसका अगाडि पनि यस्तो सुट गर्न सक्ने बताएका छन् ।


फोटोसुटमा रणवीरलाई भिन्न भिन्न पोजमा प्रस्तुत गरिएको छ । कतै रणवीर सुतेका छन् भने कतै उठेर तस्वीर खिचाएका छन् । रणवीरले भनेका छन्–‘मलाई शारीरिक रुपमा न्यूड हुन सजिलो लाग्छ । मेरो केही प्रस्तुतिले मलाई न्यूड बनाएको छ । तपाई ती चरित्रमा मेरो आत्मा देख्न सक्नुहुन्छ । मलाई हजारौ मानिसहरुको अगाडि न्यूड हुन खासै फरक लाग्दैन । तर, फोटोसुट हेर्ने मानिसहरुलाई असहज लाग्न सक्छव ।’

रणवीरको तस्वीरमा मिम्सको भने बाढी नै लागेको छ । कतिपयले दीपिकाले पहिरन बेचिदिएर रणवीरको यस्तो अवस्था आएको उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *