बक्स अफिसमा रणवीरको ‘शमशेरा’को कमजोर सुरुवात, खराब प्रतिक्रिया

६ साउन २०७९ १५:१७

आजबाट रिलिजमा आएको बलिउड चलचित्र ‘शमशेरा’ले बक्स अफिसमा सुखद सुरुवात नगर्ने पक्का देखिएको छ । विशेषगरि, चलचित्रको समीक्षा निक्कै नै कमजोर आएपछि यशराज ब्यानरले अर्को असफल चलचित्र बजारमा दिने देखिएको छ ।

नायक रणवीर कपुर यो चलचित्रबाट ४ बर्षपछि पर्दामा देखिएका हुन् । उनको पछिल्लो हिट चलचित्र ‘सञ्जु’ थियो । तर, यो चलचित्रलाई समीक्षकले बर्षकै खराब चलचित्र भनेपछि दर्शक पनि भड्किने निश्चित छ । यसैले, चलचित्रले हलमा लामो समय आफ्नो उपस्थिती नजाउने पक्का जस्तै छ । चलचित्रमा रणवीर कपुर, वाणी कपुर र संजय दत्त मुख्य भूमिकामा छन् ।

चलचित्र ब्याक ग्राउन्ड म्यूजिक, छायांकन उत्कृष्ट भएपनि पुरानो कथावस्तु, पटकथामा अलमल र लामो लम्बाईका कारण यो चलचित्र कमजोर रहेको समीक्षकको प्रतिक्रिया छ । चलचित्रले पहिलो दिन १० करोड हारहारीको ओपनिङ गर्ने विश्लेषकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *