पुष्पनको ‘मैले जानीन होला’मा पूजाको प्रेममा बौलाएका नीर

६ साउन २०७९ १५:०७

गायक पुष्पन प्रधानले सार्वजनिक गर्ने मायाले भरिएका गीतहरुलाई दर्शकले निक्कै रुचाएका छन् । यसैले, पनि यी गायकका गीतहरु दर्शकका लागि प्रतिक्षामा रहन्छ । उनै, पुष्पनको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ ।

यो गीतमा संजित साना सानाको शब्द तथा संगीत छ । गीतको शब्द र संगीत दुबै कर्णप्रिय छ । भिडियोमा नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र कलाकार हिउँवाला गौतमको अभिनय छ । ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन् ।

उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *