Breaking: निती शाहले साइन् गरिन् अनमोलसँग ‘एक्स ९’

६ साउन २०७९ ११:१७

यसअघि कलाकार सबै फाइनल गरेर पनि छायांकनमा जान नसकेको मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको चलचित्र ‘एक्स ९’ अब फेरि बन्ने भएको छ । चलचित्रमा नायक अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहने पक्का छ । यसैविच, यो चलचित्रको निर्माणपक्षले नायिका पनि फाइनल गरेको छ । चलचित्रमा नायिकाको रुपमा निती शाह रहने पक्का भएको छ ।

आज मात्र निर्माणपक्षसँग नितीले चलचित्र साइन गरेकी हुन् । चलचित्रलाई लिएर निती उत्साहित छिन् । नितीले बारम्बार अन्तरवार्ताका क्रममा अनमोल केसीसँग पर्दा शेयर गर्न पाएको खण्डमा आफू खुशी हुने उल्लेख गर्दै आएकी थिइन् ।
एक्सन जनरामा बन्ने यो चलचित्रलाई यूरोप, क्यानडा, नेपाल लगायतका देशमा खिचिनेछ ।

श्रोतका अनुसार, नितीले यो चलचित्रका लागि २० लाख पारिश्रमिक लिएकी छिन् । यसअघि नितीले १४ लाखमा सन्तोष सेनको निर्माणमा बन्ने चलचित्र ‘हुतुतु’ साइन गरेकी थिइन् । तर, यो चलचित्र निर्माण हुने या नहुने अन्यौल छ ।
चलचित्रमा नितीको भूमिका कस्तो रहने भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *