‘छड्के २’को वर्कशपका लागि चितवनमा अनमोल

६ साउन २०७९ ९:४७

चलचित्र ‘ए मेरो हजुर ४’ पछि नायक अनमोल केसीले काम गर्न लागेको नयाँ चलचित्र हो, ‘छड्के २’ । निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रको वर्कशप चितवनमा सुरु भएको छ ।

चलचित्रको वर्कशपका लागि नायक अनमोल केसी बिहिबार चितवन उडेका छन् । अनमोलले एक महिनासम्म चितवनमा चलचित्रको वर्कशप हुने र त्यसपछि छायांकन सुरु हुने बताएका छन् । यो चलचित्रलाई फागुणको ५ गतेबाट रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

नेपाली चलचित्र क्षेत्रमा इनिसियल व्यापारको कुनै समय रेकर्ड नै राखेको ‘छड्के’ले खराब व्यापार गरेको थियो । तर, निगमले नयाँ कथामा यो चलचित्र बनाउन लागेका छन्, जसलाई अनमोलले विश्वास गरेका छन् । चलचित्रमा रविन तामाङ्ग पनि फाइनल भैसकेको बताइएको छ ।

अनमोलले यो चलचित्रको छायांकन सकिएपछि सुदर्शन थापाको निर्देशन तथा पूजा शर्माको निर्माणमा बन्ने नयाँ चलचित्रको काम सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *