नायिका वर्षा राउतलाई पोष्टरमा फरक तरिकाले प्रस्तुत गर्दै छोटो चलचित्र ‘मिसिङ्ग ब्राइड’को फस्टलुक सार्वजनिक गरिएको छ । यो छोटो चलचित्रलाई नायिका बेनिशा हमालले निर्देशन गरेकी हुन् । बर्षा राउत र विवेक सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रमा केदार भुषाल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा राम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ ।
चलचित्र ‘स्वर’बाट नायिकाको रुपमा उदाएकी बेनिशाले केही दिन अगाडि मात्र दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ चलचित्र साइन गरेकी छिन् । मुम्बईमा केही महिना चलचित्र मेकिङको कोर्ष पढेपछि बेनिशाले यो छोटो चलचित्र निर्देशन गरेकी हुन् ।