दीपक–दीपाको फिल्ममा बेनिशा मुख्य नायिका

६ साउन २०७९ ९:३०

हेमराज वीसीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रमा नायिका बेनिशा हमाल फाइनल भएकी छिन् । यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा मिलेर बनाउँदैछन् ।

फिल्मका लागि बेनिशा केही दिन अगाडि नै फाइनल भएकी हुन् । तर, बेनिशालाई चलचित्रको शुभसाइतमा नै सार्वजनिक गर्ने निर्माणपक्षको योजना मिडियामा समाचार सार्वजनिक भएसँगै भताभुंग भएको छ ।

यो चलचित्रमा बेनिशा मुख्य नायिकाको रुपमा देखिनेछिन् भने अर्की नायिका मलिना जोशी पनि फाइनल भएकी छन् । दुबै नायिकाको भूमिका खुलाइएको छैन । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे लगायतका कलाकारले अभिनय गर्नेछन् ।

चलचित्रको नाम पनि अझै फाइनल गरिएको छैन । चलचित्रको नाम ‘जय माग्ने राजा वा छक्का पन्जा ४’ के राख्ने बिषयमा कुनै पनि निर्णय नभएको निर्माता तथा कलाकार दीपकराज गिरीले बताएका छन् । चलचित्रको छायांकन साउनको ९ गतेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *