रामकृष्णको ‘काली’मा नम्रताको अनेक रुप

५ साउन २०७९ १५:५०

गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘काली’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरियो । बिहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुव्रतराज आचार्यको निर्देशन रहेको यो गीतको भिडियो गायक ढकालको साथमा नायिका नम्रता सापकोटाले मोडलिङ गरेकी छिन् । साथमा भिडियोमा दिपेश ढकाल र दिपेन गौतम माइकलले अभिनय गरेका छन् ।

भिडियोमा नम्रतालाई प्रेमलाई हलुका रुपमा लिने पात्रको भूमिकामा देखाइएको छ । भिडियोमा क्रियटिभ डिरेक्टरको रुपमा जया शर्मा छिन् । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *