के ‘छड्के २’मा अनमोलको पिता बन्न राजेश हमालले नमानेका हुन् ?

५ साउन २०७९ १५:३९

नायक राजेश हमाल उमेर ६० कटिसकेका छन् । तर, अझै पनि उनले चलचित्रमा आफूलाई स्टारकै रुपमा प्रस्तुत गरिरहेका छन् । राजेश हमालले चलचित्रमा काम नगरेको ५ बर्ष भैसक्यो । उनी धमाधम म्यूजिक भिडियोमा काम गरिरहेका छन् । उनी चलचित्र ‘सत्यम्’मा काम गर्न तयार भएका थिए, तर यो चलचित्रको काम नै रोकिएको छ ।

चलचित्रमा राजेशलाई नायकको पिताको भूमिकामा पनि अफर गैरहेको छ । तर, राजेश हमाल अहिले नै चलचित्रमा आफूलाई पिताको भूमिकामा देखाउन चाहदैनन् । यसैले, पनि उनले केही चलचित्रको अफर अस्विकार गरिरहेका छन् ।
केही समय अगाडि राजेशलाई नायक अनमोल केसीले अभिनय गर्न लागेको चलचित्र ‘छड्के २’बाट अफर गएको थियो । यो चलचित्रमा अनमोलको पिता बन्न राजेशलाई अफर गएको हो । तर, राजेशले आफू अहिले नै पिताको भूमिकामा नदेखिने भन्दै चलचित्रमा काम गर्न अस्विकार गरे ।

श्रोतका अनुसार, राजेशलाई यो चलचित्रका लागि ५० लाख पारिश्रमिक अफर गरिएको थियो । तर, महंगो पारिश्रमिक समेत अस्विकार गर्दै उनले अनमोलको पिता बन्न मानेनन् ।

आखिर, राजेशले आफूलाई चलचित्रको पर्दामा कहिलेसम्म नायकको रुपमा नै देखाउने हुन् त्यो समयले नै बताउला । तर, अब राजेशले आफूलाई बलियो नायकको भन्दा पनि केही फरक भूमिकामा प्रस्तुत गरेको खण्डमा दर्शकले रुचाउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *