प्रेमिका मलाइकाको अपार्टमेन्टमा किनेको फ्ल्याट अर्जुनले १६ करोडमा बेचे

५ साउन २०७९ १५:३०

बलिउड नायक अर्जुन कपुरले गतबर्ष मात्र २० करोडमा किनेको एक फ्ल्याट बेचेका छन् । भारतीय मिडियाका अनुसार, अर्जुनले १६ करोडमा उक्त फ्ल्याट बेचेका हुन् ।

यो फ्ल्याटमा उनकी प्रेमिका मलाइका अरोरा खान पनि रहँदै आएकी छिन् । मलाइका बसेको अपार्टमेन्टमै फ्ल्याट किनेपछि अर्जुन उनीसँग बस्न लागेको चर्चा भएको थियो । तर, ४ करोड घाटा खाएर उनले फोर बीएचके फ्ल्याट बेचेका हुन् ।

मिडिया रिपोर्टका अनुसार, अर्जुनकी बहिनी अंशुलाले सेल डक्यूमेन्टमा साइन गरेकी छिन् । मे १९ तारिखमा उनले ९६ लाख स्ट्याप ड्यूटीको रकम तिरेर फ्ल्याट बेचेकी हुन् । यो मुम्बइको बान्द्रास्थित ८१ औरेट बिल्डिङमा थियो ।

अर्जुनको यो फ्ल्याटमा नायिका सोनाक्षी सिन्हा, करण कुन्द्रा लगायत पनि बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *