संवाद कम एक्सन धेरै भएको विजय र अनन्याको ‘लाइगर’ ट्रेलर

५ साउन २०७९ १४:२६

अगष्टको २५ तारिखबाट रिलिज हुन लागेको साउथका स्टार नायक विजय देवरकोन्डा र बलिउड नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘लाइगर’को ट्रेलर आज सार्वजनिक भएको छ । यो चलचित्रमा रोनित रोय र चर्चित बक्सर माइक टाइसन पनि देखिदैछन् । यो चलचित्रको ट्रेलरमा संवादलाई निक्कै कम स्थान दिइएको छ ।

निर्माणपक्षले चलचित्रका संवादहरु लुकाएको छ भने विजयको एक्सनलाई बढी स्थान दिएको छ । चलचित्रमा विजय बक्सरको भूमिकामा देखिएका छन् । जहाँ, उनले एक्सन अवतारमा आफूलाई बलियो तरिकाले ढालेका छन् ।

यो चलचित्र विजयको पहिलो भारतमा विभिन्न भाषामा रिलिज हुन लागेको चलचित्र हो । यसैले, पनि चलचित्रलाई लिएर विजय उत्साहित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *