फिल्ममा खलनायिकाको अफर आए स्विकार गर्छुः नम्रता(भिडियो)

५ साउन २०७९ १४:१३

नेपाली चलचित्र क्षेत्रमा ‘अन्तराल’बाट प्रवेश गरेकी नायिका नम्रता सापकोटाको हातमा अहिले चलचित्र कम, भिडियो बढी छ । झट्ट हेर्दा उनलाई चलचित्रकर्मीले नपत्याएका हुन् कि जस्तो पनि देखिन्छ । नायिकाको रुपमा खासै नचलेकी नम्रताले अब आफूलाई खलनायिकाको रुपमा उभ्याउने संकेत गरेकी छिन् ।

रामकृष्ण ढकालको स्वरमा समावेश ‘काली’ बोलको गीतको भिडियोमा अभिनय गरेपछि आफूलाई त्यो महशुश भएको नम्रताले बताइन् । उनले भनिन्–‘मलाई कुनै निर्माताले खलनायिकाको रुपमा अफर गर्नुभयो भने मलाई स्विकार छ । किनकी, कलाकार भैसकेपछि हरेक भूमिकामा काम गर्न आवश्यक छ । मलाई खलनायिकको रुपमा सुहाउँछ कि जस्तो पनि लागेको छ ।’

नम्रताले यसो भन्दैमा अब आफूले खलनायिकाको रुपमा नै काम गर्छु भन्न नखोजेको पनि स्पष्ट पारिन् । तर, आफूले काम गरेका चलचित्रमा पनि त्यसको झल्को आउने उनको भनाई थियो । नायिकाको रुपमा नम्रतालाई अफर नगरेका निर्माताहरुले अब के उनलाई खलनायिकको रुपमा अफर गर्लान् त, त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *