‘म’को ट्रेलरमा संजोगको पागलपनको कारण खोज्दै निशा र निराजन

५ साउन २०७९ १३:५३

सस्पेन्स थ्रीलर कथामा तयार भएको चलचित्र ‘म’को ट्रेलर आज सार्वजनिक भयो । चलचित्रले केही फरक स्वाद पस्कने विश्वास ट्रेलर हेरिसकेपछि गर्न सकिन्छ । कान्तिपुर सिनेमाज र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।

च्लचित्रबाट कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गर्दै आएका २ विद्यार्थी संजोग रसाइली र पूनम श्रेष्ठले डेब्यु गरेका छन् । उनीहरुको साथमा चलचित्रमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने र सरोज खनालको मुख्य भूमिका छ ।

प्रकाश पुरी क्रियटिभ निर्माता रहेको चलचित्रमा बिमला हुमागाँई र पदम पुरीको लगानी छ । चलचित्रमा बनिष शाहको सम्पादन, प्रकाश पुरीको कथा र पटकथा, तेन्जिन पाल्देनको छायांकन छ ।चलचित्रमा गीत नभएको प्रकाश पुरीले जानकारी दिए । साथै, उनले चलचित्रले रिलिज भैरहेका आम नेपाली चलचित्र भन्दा फरक स्वाद दिने उनको दाबी थियो ।

एक यूवाको पागलपन र उसले गर्ने विभिन्न क्राइमको वरिपरी यो चलचित्र बनेको ट्रेलरबाट वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *