पुष्पको बर्थ डेमा भारतदेखि आइन् श्रद्धा(भिडियो)

५ साउन २०७९ १३:४३

नायक पुष्प खड्काले आज आफ्नो जन्मदिन मनाए । भदौ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’को टिमले पुष्पको बर्थ डे सेलिव्रेशन गरेको हो । तर, पुष्पको बर्थ डे नायिका श्रद्धा क्षेत्रीको उपस्थितीले अझै विशेष बन्यो । पुष्पले पनि श्रद्धा नभएको भए आफूलाई खल्लो लाग्ने बताए ।

श्रद्धा केही दिन अगाडि मात्र चलचित्रको गीत रिलिज कार्यक्रम सकेर भारत फर्किएकी थिइन् । तर, पुष्पको बर्थ डेमा उनी भारतदेखि आइपुग्नुले उनको नायकप्रतिको प्रेमको रुपमा धेरैले वुझे । श्रद्धाले आफू पुष्प र निर्देशक दीपक वलीको बर्थ डेका कारण आएको बताइन् । उनले, पुष्पलाई राधा र कृष्णको सानो मुर्ती उपहार दिइन् ।

श्रद्धासँगको प्रेमको बिषयमा सोधिएको प्रश्नमा पुष्पले घुमाउरो जवाफ दिए । उनले, यो कुरा आफूले मिडियामा सुनेको बताएपनि वास्तविक रुपमा नै उनीहरु केही समयदेखि प्रेममा रहेको चर्चा छ । श्रद्धाले पुष्पलाई भेटेपछि आफ्नो जीवनमा कोही महत्वपूर्ण मान्छे आएको महशुश भएको बताइन् । पुष्पले पनि श्रद्धासँग भविष्यमा बिहे हुनेतर्फ संकेत गरे ।

नेपाली फिल्म क्षेत्रमा विगत केही बर्षदेखि स्टार नायकको रुपमा छवि बनाएका पुष्प आजका दिनमा फिल्म र म्यूजिक भिडियो दुबैमा व्यस्त छन् । म्यूजिक भिडियो हुँदै करिअर सुरु गरेका उनी आज सर्वाधिक व्यस्त नायकको रुपमा पर्छन् । पुष्पले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’को अवार्ड समेत जितेका थिए ।

पुष्पलाई ‘हाम्रो सिनेमा’को तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *