अनिल सिंहको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

४ साउन २०७९ १३:१७

‘आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके’ लगायतका थुप्रै चर्चित गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ सार्वजनिक गरेका छन् । उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ ।

गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला , निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ , भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन , सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन । किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । तात्कालिन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए ।

केही समय संगीतबाट विश्राम लिएका उनले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन् । साथै , उनले आफ्नो सफल गीत ‘इञ्जिन गाडीमा २ र आइ लभ यु २’ पनि चाडै बजारमा ल्याउने तयारी गरेका छन् । गीत छिटै दर्शक समक्ष ल्याउदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *