के प्रेमिका सबासँग बिहे गर्दैछन् ऋतिक ?

४ साउन २०७९ १३:०७

बलिउड नायक ऋतिक रोशन केही बर्षदेखि गायिका सबा आजादको प्रेममा छन् । सुजैनसँग डिभोर्स भएको केही बर्षपछि ऋतिक सबाको प्रेममा डुबेका हुन् ।

तर, बलिउड बजारमा यी दुइले बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेको छ । भारतीय मिडियामा केही दिनदेखि गसिपको रुपमा सार्वजनिक भएको ऋतिक र सबाको बिहेको चर्चामा नयाँ ट्विष्ट आएको छ ।

भारतीय मिडियाका अनुसार, ऋतिक र सबाले बिहेका लागि कुनै हतार नगर्ने भएका छन् । उनीहरु, एक अर्कासँग समय बिताइरहेका छन् । उनीहरु, होलीडे मनाउन भारत बाहिर पनि पुग्ने गरेका छन् । तर, बिहे गर्ने योजना तत्काल उनीहरुले बुनेका छैनन् ।

सबा ऋतिककी पूर्व पत्नी सुजैनसँग पनि निक्कै नजिक छिन् । ऋतिकले आफ्ना छोराहरुलाई पनि समय दिइरहेका छन् । सबा र ऋतिक आफ्नो सम्बन्धमा निक्कै खुशी छन् । तर, बिहेका लागि उनीहरुले केही पछि मात्र निर्णय लिनेछन् ।
ऋतिक सबाको प्रेममा रहँदा सुजैन पनि अर्सलान गोनीको प्रेममा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *