किन एक अर्काको नाम लिदैनन् सौगात र श्रृष्टी ?

४ साउन २०७९ १२:५८

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि एकसाथ बसिरहेका छन् । उनीहरुले बिबाह त गरेका छैनन्, तर बिहेको योजना भने बनाइरहेका छन् । सौगात र श्रृष्टीको प्रेम अब नेपाली चलचित्रकर्मी र दर्शकका लागि नयाँ कुरा नै होइन । यो जोडी प्रेममा उदाहरणीय बनिरहेको छ ।

यो जोडीले अभिनय गरेका चलचित्रहरु पनि एकपछि अर्को रिलिज भैरहेका छन् । यी दुबैको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी र राधा’ भदौमा रिलिज हुँदैछन् । यी दुबै चलचित्रको प्रमोशनमा व्यस्त छन् । तर, चलचित्रको प्रमोशनका क्रममा यी दुइले टिममा आवद्ध अरु कलाकार र प्राविधिकको नाम लिन्छन् । तर, एकले अर्काको नाम लिन अप्ठ्यारो मान्छन् ।

आखिर, श्रृष्टी र सौगातलाई एक–अर्काको नाम लिन नै किन अप्ठ्यारो भएको होला ? यो बिषयमा सौगातले भने–‘हामी त सँगै बस्छौं । एक अर्कासँग सधै नै भेट हुन्छ । कहिलेकाही चलचित्रका अन्य टिम र मिडियाकर्मीसँग भेट हुन्छ । यसैले, अरुको नाम लिएका हौं । सँगै बसेर एक अर्कासँग समय बिताइरहेकाले पनि कार्यक्रममा अरुलाई स्थान दिएका हौं ।’

सौगातले श्रृष्टीको अभिनयको प्रशंसा समेत गरे । श्रृष्टीको अभिनयले आफूलाई पनि प्रभावित बनाएको भन्दै उनले भदौपछि बिहेको बिषयमा सोच्ने समेत प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *