बसन्तको चेतावनी–‘मेरो लगानी रहेका गीत संझौताविना नगाउनुहोला’

४ साउन २०७९ ११:०९

संगीतकार, गीतकार तथा गायक–गायिकाहरुले आफ्नो लगानीमा तयार भएका कुनै पनि गीतहरुलाई सार्वजनिक कार्यक्रममा गाउनु अगाडि नयाँ संझौता गर्न आउन गायक–गायिकालाई चेतावनी दिएका छन् ।

आफूले लगानी गरेर तयार पारेका गीतहरुलाई विना अनुमती म्यूजिक ट्रायकमा गाएको खण्डमा कारवाही गर्ने बसन्तले उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्–‘मेरो लगानी रहेको गीतहरु कुनै पनि कार्यक्रममा म्यूजिक ट्रायक प्रयोग गरेर गाइरहनु भएको छ भने नयाँ संझौता गर्न आउनुहोला । यदि, संझौता नगरि मेरो लगानीका गीतहरु अब आइन्दा कुनै पनि कार्यक्रममा नगाउनुहुन अनुरोध गर्दछु । यदि, संझौता नगरी मेरो लगानीको म्यूजिक ट्रायक प्रयोग गरेर गीत गाएको पाइएमा प्रतिलिपी अधिकार ऐन २०५९ मा उल्लेख भए अनुसारको कानुनी प्रक्रियामा जाने सबैलाई जानकारी गराउँछु ।’

गायक–गायिकाले स्टेजमा गीत गाएर लाखौैं रकम कमाउँदा गीतकार, संगीतकार र निर्मातालाई रोयल्टी वुझाउनुपर्ने हुन्छ । तर, सर्जकको नै विना अनुमति उनीहरुले विश्वका बजारमा गीतहरु गाएर सर्जकलाई रोयल्टी दिएको पाइदैन । बसन्तले अबदेखि यस्तो नगर्न चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *