‘माइकल अधिकारी’ ट्रेलरः आर्थिक अभावले कोख बेच्न वाध्य महिलाको कथा

४ साउन २०७९ ११:००

नायिका श्रृष्टी श्रेष्ठलाई विल्कुलै फरक रुपमा प्रस्तुत गरिएको चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर आज सार्वजनिक भएको छ । भदौको ३ गतेबाट विश्वका विभिन्न देशसहित नेपालमा रिलिज हुन लागेको यो चलचित्रमा श्रृष्टीको जोडीको रुपमा सौगात मल्लको मुख्य भूमिका छ ।

यो चलचित्रले आर्थिक अभावका कारण कोख बेच्न वाध्य एक महिलाको कथा भन्छ । जसमा, नायिका श्रृष्टीले गर्भवती महिलाको भूमिका निर्वाहा गरेकी छिन् । सौगात मल्ल भने उनको श्रीमान्को भूमिकामा छन् । गोपिकृष्ण मुभिजले केही बर्षको अन्तरपछि निर्माण गरेको यो चलचित्रमा आशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर लगायतका कलाकारको अभिनय छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको यो चलचित्रमा रञ्जित रौनियारको कथा तथा निर्देशन छ । चलचित्रमा शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद, मित्र डी गुरुङको सम्पादन, शम्भुजित बास्कोटा र रेभन सिंहको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रको ट्रेलरलाई साहिल खानले कमर्सियल रुप देखेर काटेका छन् । चलचित्रले सेरोगेसीको कथा उठान गरेपनि रमाइलो तरिकाले प्रस्तुत गरेको निर्माता निरक पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *