अष्ट्रेलियाको न्यू क्यासलमा पूजासँगै दर्शकले हेरे ‘म यस्तो गीत गाउँछु २’

३ साउन २०७९ १४:४०

नेपालमा सुखद कमाई गरेको र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो शो अष्ट्रेलियाको न्यू क्यासलमा भव्य रुपमा सम्पन्न भएको छ । नायिका पूजा शर्माको उपस्थितीमा भएको शोमा दर्शकको बाक्लो उपस्थिती थियो । फिल्म हेरेका अधिकांश दर्शकले फिल्मले रुवाएको प्रतिक्रिया दिए ।

नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

यो फिल्मको विदेश राइट्स नेपसिनेले लिएको हो । नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले पनि फिल्मलाई दर्शकले मन पराएको बताए । न्यू क्यासल शोको व्यवस्थापन कृष्णराज अर्यालले गरेका हुन् । उनले, दर्शकको सहभागीताले आफूहरु खुशी भएको र फिल्मले पनि उत्कृष्ट प्रतिक्रिया पाएको बताए ।

न्यू क्यासलमा ‘बुलबुल, कबड्डी कबड्डी र म यस्तो गीत गाउँछु २’को मात्र शो भएको छ । व्यापारिक हिसाबले यो फिल्मको शो भव्य रुपमा सम्पन्न भएको विधानको भनाई छ ।

न्यू क्यासलमा भव्य रुपमा शो सम्पन्न भएपछि नायिका पूजा शर्मा सोमबार नै सिड्नी पुगेकी छिन् । सिड्नीमा शुक्रबार चलचित्रको शो आयोजना हुँदैछ । जुलाई २२ तारिखमा बेलुकी ६ बजे सिभिक थिएटरमा शो आयोजना हुन लागेको नेपसिनेले जानकारी दिएको छ ।

सिड्नी शोमा नायिका पूजा शर्मासँग बसेर फिल्म हेर्न र फोटो खिच्न दर्शकले पाउने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *