के प्रदीपले यसअघि राम्रो निर्देशक नपाएकै हुन् त ?

३ साउन २०७९ १३:००

चलचित्र ‘प्रकाश’बाट यो क्षेत्रमा भित्रदै गरेकी कलाकार हुन्, रेनु योगी । यो चलचित्रमा रेनु प्रदीपको प्रेमिकाको भूमिकामा छिन् । जुम्लाकी एक बालिकाको भूमिकामा देखिएकी रेनु बोल्न भने सिपालु छिन् । तर, कहिलेकाही एउटा कुरा भन्न खोज्दा अर्को वुझिन्छ ।

नायक प्रदीप खड्काले चलचित्र ‘स्केप’बाट करिअर सुरु गरेपनि ‘प्रेमगीत’ले उनलाई स्टार बनाएको हो । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । यसपछि प्रदीपले निरक पौडेल, मिलन चाम्स, रामशरण पाठक लगायतका निर्देशकसँग काम गरे । उनै, प्रदीप अब भने चलचित्र ‘प्रकाश’मा दिनेश राउतसँग सहकार्य गर्दैछन् ।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको प्रशंसा गर्दै नव–कलाकार रेनु योगीले भनिन्–‘सबैले उहाँले प्रकाशमा यस्तो काम गर्नुभयो, उस्तो काम गर्नुभयो भन्नुहुन्छ । मेरो बिचारमा उहाँले यसअगाडि राम्रो निर्देशक नपाएर हुनसक्छ ।’

रेनुले यसो भन्दै गर्दा प्रदीप मुस्कुराए । उनलाई थाहा थियो, रेनुको यो कुराले विवाद निम्त्याउनेछ । तर, प्रदीपले यो कुराको जवाफ भने स्पष्टसँग दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *