‘प्रकाश’को ट्रेलरः धेरै लुकाइयो तर प्रदीप र दीयालाई केही फरक देखाइयो

३ साउन २०७९ १२:४६

नायक प्रदीप खड्का चलचित्र ‘प्रकाश’बाट जति आशावादी छन्, त्यो भन्दा बढी उनका फ्यान भदौ १० को प्रतिक्षा गरिरहेका छन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पनि प्रदीप चलचित्रलाई लिएर आशावादी र उत्साहित देखिए ।

दिनेश राउतले जुम्लाको कथा भन्न खोजेको यो चलचित्रले प्रदीपलाई सुपरस्टारबाट कलाकार बनाएको छ । विकास सुवेदीको कथामा दिनेश राउतले प्रदीप भित्रको कलाकार खोज्ने प्रयास गरेका छन् । चलचित्रमा उनलाई रेनु योगी, दिया मास्के लगायतले साथ दिएका छन् ।

महेन्द्र अधिकारीको निर्माणमा राजेश श्रेष्ठले खिचेको चलचित्रको ट्रेलरमा निर्देशकले भन्न खोजेका धेरै कुरा लुकाएका छन् । सायद, उनलाई चलचित्रमा नै दर्शकले हेरुन् भन्ने लागेको हुनुपर्छ । तर, चलचित्रको ट्रेलरमा नायक प्रदीप र कलाकार दीया मास्केको छोरा र आमाविचको प्रेम, तपस्या र त्यागको कथालाई झल्काउने प्रयास गरिएको छ ।

अर्गानिक कथामा फरक प्रस्तुति पस्किएका चलचित्रहरु नचलिरहेको समयमा प्रदीपलाई निर्देशक राउतले रिस्क जोनमा धकलेका छन् । यो क्षेत्र भित्र छिरेका प्रदीपले चक्र चिर्न सके भने उनको करिअर नयाँ उचाइमा पुग्नेछ ।

चकलेटी नायकको यो रुप उनका दर्शकका लागि सरप्राइज हो । आम दर्शकका लागि प्रदीपले आफ्नो अभिनयबाट कस्तो अब्बलता पस्कने सक्नेछन्, त्यो भदौ १० मा थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *