मानुषीले जोनसँग एक्सन थ्रिलर फिल्म खेल्ने

३ साउन २०७९ ६:०२

नायक जोन अब्राहिमको मुख्य भूमिका रहने चलचित्र ‘तेहरान’मा नायिकाको रुपमा मानुषी छिल्लर फाइनल भएकी छिन् । पूर्व विश्व सुन्दरीले यो चलचित्रमा आफूलाई एक्सन अवतारमा उतार्दैछिन् । मानुषीले अभिनय गरेको डेब्यू चलचित्र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा नराम्रोसँग पिटिएको थियो । तर, पनि यो चलचित्र फ्लप भएको असर मानुषीको करिअरलाई परेको छैन ।

एक्सन थ्रिलर जनराको यो चलचित्रको छायांकन पनि सुरु भएको छ । चलचित्रको फस्टलुकमा मानुषीको हेयरस्टाइल फरक छ । उनी हातमा बन्दुक बोकेर जोनसँगै देखिएकी छिन् ।

दिनेश भिजानको निर्माणमा तयार हुने चलचित्रमा मानुषीले आफूलाई फरक तरिकाले प्रस्तुत गर्न लागेकी हुन् । मानुषीले पनि आफूलाई हरेक चलचित्रमा फरक शैलीको अभिनय देखाउन मन लागेको बताउँदै आएकी छिन् । बलिउडमा प्रियंका चोपडा, ऐश्वर्या राय, लारा दत्त जस्ता विश्व सुन्दरीहरुको क्रेज गज्जबको बनेको थियो । मानुषीले पनि उनीहरुले छाडेको छापलाई निरन्तरता दिने कोशिश गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *