‘राधा’को नाँच्न त मन थियो’मा प्रियंका र श्रृष्टीको छमछमी

२ साउन २०७९ १६:५५

भदौको १० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘राधा’मा समावेश ‘नाँच्न त मन थियो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सज्जा चौलागाँई र स्वस्तिमा ढकालको स्वर, श्रृजना खत्रीको शब्द र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका श्रृष्टी श्रेष्ठ र अतिथी नायिका प्रियंका कार्कीको नृत्य हेर्न सकिन्छ । तीज गीतको रुपमा सार्वजनिक चलचित्रको ओएसटीलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा संजय लामाको छायांकन, विपिन मल्लको सम्पादन र सुवर्ण थापाको निर्देशन छ । चलचित्रमा सौगात मल्ल, देवकी बिष्ट, विक्रम डी जोशीको लगानी छ । निकुन श्रेष्ठ र फिरोज खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा सुवर्णको लेखन छ । चलचित्रले आफ्नो श्रीमान्को पर्खाइमा रहेकी एक गर्भवती महिलाको कथा भन्ने कार्यक्रममा सुवर्णले जानकारी दिए ।

यो चलचित्रमा श्रृष्टी श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, वुद्दि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्लको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *