‘डंकी’ सेटबाट लिक भयो साहरुखको तस्वीर

२ साउन २०७९ ६:४०

नायक साहरुख खानको आउँदो बर्ष ३ वटा फिल्म रिलिज हुँदैछ । साहरुखको आउँदो बर्ष रिलिज हुन लागेको फिल्मको छायांकन पनि एकसाथ भैरहेको छ । साहरुखले जनवरी २५ मा रिलिज हुने फिल्म ‘पठान’को छायांकन सकेका छन् । यस्तै, उनले चलचित्र ‘जवान’को छायांकन पनि विभिन्न सेड्यूलमा गरिरहेका छन् । यो चलचित्र जुन २ तारिखबाट रिलिज हुनेछ ।

उनै, साहरुखको अर्को प्रतिक्षित चलचित्र हो ‘डंकी’ । राजकुमार हिरानीको निर्देशनमा तयार भैरहेको यो चलचित्रको छायांकन भारतपछि लण्डनमा सुरु भएको छ । तर, लण्डनमा चलचित्रको छायांकन सुरु भएसँगै नायक साहरुख खानको तस्वीर पनि लिक भएको छ । चलचित्रको निर्माणपक्षले तस्वीर लिक नगर्न दर्शकलाई आग्रह गरेको छ ।

यो चलचित्र आउँदो बर्षको क्रिसमसमा रिलिज हुनेछ । यो चलचित्रमा साहरुख भारतदेखि अमेरिकासम्म यात्रा गरेर जाने एक यूवकको भूमिकामा देखिदैछन् । चलचित्रमा तापसी पन्नु, बोमन इरानी लगायतका कलाकारको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *