‘सिल्ली फोर र संझना विर्सना’को कमजोर ओपनिङ

२ साउन २०७९ ५:३९

शुक्रबारदेखि रिलिज भएका २ नेपाली चलचित्रले बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । शुक्रबारदेखि रिलिज भएको राजबहादुर साने अभिनित चलचित्र ‘सिल्ली फोर’ र निमेष प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘संझना विर्सना’ले कमजोर ओपनिङ गरेका हुन् । दुबै चलचित्रको बक्स अफिस आँकडा त सार्वजनिक भैसकेको छैन, तर चलचित्रको कमजोर ओपनिङले निर्मातालाई घाटा लाग्ने निश्चित छ ।

चलचित्र ‘सिल्ली फोर’मा नायिका केकी अधिकारी र कलाकार रविन्द्र झा मुख्य भूमिकामा छन् । कमेडी जनराको यो चलचित्र हेर्न हलमा दर्शकको उपस्थिती ज्यादै न्यून देखियो ।

यस्तै, नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘संझना विर्सना’को व्यापार पनि कमजोर देखियो । पूजा र आकाशविच देखिएको मनमुटावको प्रत्यक्ष असर यो चलचित्रको व्यापारमा परेको छ ।

यो बर्ष चलचित्र ‘ए मेरो हजुर ४’ले मुश्किलले लगानी उठायो भने ‘कबड्डी ४’ले ब्लकबस्टर व्यापार गर्यो । यो बाहेक अन्य चलचित्रको व्यापार दयनीय नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *