रोमानियाको टीभीमा बोल्ड बनेर पुगिन् आँचल

२ साउन २०७९ ५:२४

चलचित्र ‘वर एण्ड वधु’को छायांकन विगत केही दिनदेखि रोमानियामा भैरहेको छ । रोमानियाका विभिन्न लोकेशनमा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्माचार्य लगायतले छायांकन गरिरहेका छन् । कमेडी शैलीमा सामाजिक कथावस्तु उठान गरेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रमा प्रदीप भारद्धाजको कथा, सुदिप बरालको छायांकन छ ।

यसैविच, चलचित्रको छायांकन चलिरहँदा यसका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्माचार्यको साथमा निर्देशक मिलन चाम्स रोमानियाको एक टेलिभिजनमा अन्तरवार्ता दिन पुगेका छन् । उनीहरुले, नेपाली चलचित्र र ‘वर एण्ड वधु’को बिषयमा कुराकानी गरेको बताए ।

अन्तरवार्ताका क्रममा नायिका आँचल शर्मा बोल्ड देखिएकी छिन् । एमएन टीभी रोमानियामा चलचित्रको टिमले आफ्नो कुरा शेयर गरेको हो । निर्देशक चाम्स नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन सधै लागिपरेका छन् । चलचित्रको छायांकन रोमानिया, इटाली, फ्रान्स र नेपालमा हुनेछ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *