केकी र प्रियंकालाई लाग्यो तीज

२ साउन २०७९ ४:४६

नायिका केकी अधिकारी र प्रियंका कार्कीलाई तीज लागेको छ । उनीहरुले हालै मात्र एक तीजको गीतको भिडियोमा अभिनय गरेका छन् । उसो त, प्रियंकाले चलचित्र ‘राधा’मा समावेश एउटा तीज गीतमा समेत अभिनय गरेकी छिन् ।

प्रियंका र केकीले केही चलचित्रमा समेत अभिनय गरेका छन् । बैबाहिक जीवनमा बाँधिएपछि केकी र प्रियंकाले एकसाथ तीजको गीतमा पहिलो पटक अभिनय गरेका हुन् ।

चलचित्रको करिअरको कुरा गर्नुपर्दा दुबै जनाको अहिले सुखद मानिदैन । केकीले अभिनय गरेको चलचित्र ‘सिल्ली फोर’ बक्स अफिसमा नराम्रोसँग चिप्लिएको छ । यस्तै, प्रियंकाको पनि केही चलचित्र असफल भए ।

उनीहरु अहिले म्यूजिक भिडियोमा बढी व्यस्त छन् । प्रियंकाले भने आफ्नै होम प्रोडक्शनमा चलचित्र बनाउने बताउँदै आएकी छिन् ।

तस्वीरः मिलन ढुंगाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *