महंगो रकममा बिक्यो ‘प्रकाश’को बिदेश राइट्स

२ साउन २०७९ ४:३४

नायक प्रदीप खड्काको क्रेज र चलचित्रको बिषयवस्तुका कारण भदौ १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रकाश’को बिदेश अधिकारी महंगो रकममा बिकेको छ । यो चलचित्रको बिदेश अधिकार भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूरोप, जापान, अमेरिका, क्यानडा र मध्य पूर्वका देशमा महंगो रकममा बिकेको हो ।

चलचित्रको निर्माण कम्पनी बिनिस इन्टरटेन्मेन्टले चलचित्रको यी देशमा अधिकार १ करोड ७२ लाखमा बिक्री गरिएको बताएको छ । चलचित्रका निर्माता महेन्द्र अधिकारीले चाडै नै अन्य देशमा पनि चलचित्रको अधिकारी बिक्री हुने बताए । बिकास सुवेदीको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, तारा प्रकाश लिम्बु, दीपक शर्मा, एलिस कार्कीको संगीत छ ।

चलचित्रको ट्रेलर भोली सार्वजनिक हुँदैछ । चलचित्रमा प्रदीपको साथमा दिया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *