फिल्म चल्न २ महिना बाँकी रहँदा तात्यो ‘प्रेमगीत ३’को टिम

२ साउन २०७९ ४:१४

असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्ष बल्ल जुरमुराएको छ । चलचित्र रिलिज हुन २ महिना बाँकी रहँदा यसको निर्माणपक्षले प्रचारप्रसार सुरु गरेको छ ।

चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन मुम्बईबाट फर्किएलतगै प्रचारलाई तिव्रता दिइएको हो । चलचित्रको ठूलो ब्यानर विभिन्न हलमा राखेर प्रचार आरम्भ गरिएको निर्देशक सेनले जानकारी दिए । उनका अनुसार, देशैभरका हलमा यसरी नै ब्यानर राख्ने, मिडिया, सामाजिक संजाल प्रमोशन सुरु गर्ने उनको भनाई छ ।

नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने उद्देश्यले यो चलचित्रको प्रदर्शन मिति पछि सरेको थियो । यो चलचित्रले भारतीय बजारमा नयाँ तरिकाले नेपाली चलचित्रको ढोका खोल्ने अपेक्षा गरिएको छ । हिन्दी भाषामा समेत यो चलचित्रको डबिङ गरिएको छ । यो चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । साथमा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।

स्वर्गिय छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यो चलचित्रमा छेतन र मन्दिप गौतमको लेखन, राजेश श्रेष्ठको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *