अष्ट्रेलिया उडिन् पूजा, एयरपोर्टमा छोड्न पुगे युद्ध(भिडियो)

३२ असार २०७९ १६:४४

नायिका पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शोका लागि अष्ट्रेलिया उडेकी छिन् । अष्ट्रेलियाका विभिन्न ३ शहरमा हुने चलचित्रको शोका लागि उनी कंगारु देश उडेकी हुन् । पूजा अष्ट्रेलिया हुँदा विमानस्थलमा उनलाई छाड्न उनका प्रेमी युद्ध बाँनिया पुगेका थिए । युद्धले पूजालाई विमानस्थल भित्रसम्म छाडेका थिए ।

नायिका शर्माले आफू करिब १५ दिनसम्म कंगारु देशमा रहने जानकारी दिइन् । आफूले चलचित्रका नायक पल शाहलाई धेरै मिस गरेको समेत पूजाको भनाई थियो ।

आज दिनभर चलचित्र ‘संझना विर्सना’का लागि हलमा पुगेकी पूजा बेलुकी भने अष्ट्रेलिया उडिन् । उनले, अष्ट्रेलियामा रहँदा आफ्ना फ्यान र परिवारलाई धेरै मिस गर्ने बताइन् । यस्तै, पूजाले अष्ट्रेलिया जाँदै गर्दा आफूले मुखमा रामराम भन्दै बखलीमा छुरा कस्नेहरुलाई विर्सन चाहेको पनि बताइन् ।

नेपालमा गतबर्षको फागुण १३ गतेबाट रिलिज भएको यो चलचित्रले बम्पर व्यापार गरेको थियो । सुदर्शन थापा निर्देशित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *